Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग ४५ मिनेट भेटवार्ता

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग ४५ मिनेट भेटवार्ता


  • 1.4K
    Shares

    सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग ४५ मिनेट भेटवार्ता

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् ।

    त्यसक्रममा उनले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जलाइएको अदालतको संरचना पनि अवलोकन गरेकी छन् । उनले अवलोकनका क्रममा क्षतिको विवरण र पुनर्निर्माणको अवस्थबारे पनि कर्मचारी र न्यायाधीशहरूसँग जानकारी लिएकी छन् ।

    त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारी र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतबीच एक्ला एक्लै संवादसमेत भएको छ। दुवै पक्षका सचिवालयका सदस्यहरूलाई बाहिर राखेर उनीहरूबीच करिब एक घण्टा लामो संवाद भएको हो ।

    उनीहरूबीचको कुराकानीबारे केही बाहिर आएको छैन । यद्यपि पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसले समेत भदौ २७ गते विघटित प्रतिनिधिसभा पुनर्स्थपाना माग गर्दै आएका छन् ।

    ओलीले बिहीबार मात्रै एमालेका प्रवास कमिटीका नेताहरूलाई सम्बोधनका क्रममा अन्य बेला विघटित हुँदा दुई महिनामा प्रतिनिधिसभा फर्किएका बताउँदै यस पटकको ढिलाइमा रोष प्रकट गरेका छन् ।

    प्रतिनिधिसभा विघटनाविरुद्ध परेका झण्डै २० वटा रिटलाई सर्वोच्चले एकै ठाउँ राखेर सुनुवाइ गर्दैछ । तर फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको नाम दर्ता भइसकेको छ ।

    यो अवस्थामा एकथरीले देश निर्वाचनमा गएको बताइरहेका छन् । एमालेसहित अर्काथरी भने पहिले संविधानविपरीतको विघटना सच्याएर मात्रै निर्वाचनमा जानुपर्ने अडानमा छन् ।

    प्रकाशित मिति :पौष १८ २०८२ शुक्रवार - १५:४७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij