Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

इन्धन भाउ घटेपछि उड्डयन प्राधिकरणले गर्‍यो हवाई भाडा समायोजन, कुन सेक्टरमा कति घट्यो ?

इन्धन भाउ घटेपछि उड्डयन प्राधिकरणले गर्‍यो हवाई भाडा समायोजन, कुन सेक्टरमा कति घट्यो ?


  • 1.3K
    Shares

    इन्धन भाउ घटेपछि उड्डयन प्राधिकरणले गर्‍यो हवाई भाडा समायोजन, कुन सेक्टरमा कति घट्यो ?

     काठमाडौं । हवाई इन्धनको भाउ घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लाग्ने ‘फ्युल सर्चार्ज’ को मूल्य समायोजन गरेको छ । यससँगै विभिन्न गन्तव्यको भाडा घटेको छ ।

    नेपाल आयल नियमले हवाई इन्धन मूल्यमा प्रतिलिटर ६ रुपैयाँ घटाएको थियो । सोही अनुसार आजदेखि हवाई भाडामा इन्धनको मूल्य घटेको हो ।

    समायोजन भएको मूल्य अनुसार काठमाडौंबाट सबैभन्दा टाढाको धनगढीका लागि २ सय ६५ रुपैयाँ भाडा कम लाग्ने छ । धनगढीमा यसअघि ५ हजार ९ सय २० रुपैयाँ रहेको फ्युल सर्चार्ज अब ५ हजार ६ सय ५५ रुपैयाँमा झरेको छ ।

    माउन्टेन फ्लाइटतर्फ २ सय १० रुपैयाँ घटेको छ । काठमाडौं–भद्रपुर २ सय ४५ रुपैयाँ भाडा घटेको छ । क्षेत्रीय उडानमा भने अझ धेरै घटेको छ ।

    जनकपुर–नेपालगञ्ज रुटको २७० र जनकपुर–धनगढी रुटको ३ सय ३० रुपैयाँ भाडा कम लाग्ने गरी तोकिएको छ । काठमाडौं–सिमरा ५५ रुपैयाँ भाडा कम लाग्ने गरी तोकिएको छ । हवाई भाडामा फ्युल सरचार्ज एक शीर्षक हो । यसमा विभिन्न प्रकारका करसहित वायुसेवा कम्पनीले लिने भाडासमेत जोडेपछि मात्र पूर्ण भाडादर कायम हुन्छ ।

    कुन सेक्टरमा कति घट्यो फ्युल सर्चार्ज (रुपैयाँमा) ?

    काठमाडौं–माउन्टेन फ्लाइट : २१०

    काठमाडौं–भद्रपुर : १८०

    काठमाडौं–विराटनगर : १४०

    काठमाडौं–जनकपुर : ७५

    काठमाडौं–पोखरा : ९५

    काठमाडौं–भरतपुर : ६५

    काठमाडौं–भैरहवा : १२५

    काठमाडौं–नेपालगञ्ज : १९५

    काठमाडौं–धनगढी : २६५

    काठमाडौं–तुम्लिङटार : ११०

    काठमाडौं–सिमरा : ५५

    काठमाडौं–सुर्खेत : २१०

    काठमाडौं–राजविराज : १२५

    प्रकाशित मिति :पौष १८ २०८२ शुक्रवार - १५:२५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij