२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको ९औँ वार्षिक सभा आम्रपाली व्याङ्कवेट, भाटभटेनी, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। सभाले सो प्रस्ताव पारित गरेको छ ।
सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१\८२ को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।
सभाले स्वतन्त्र सञ्चालकको नियुक्ती बारेमा बीमा ऐन, २०७९ बमोजिम साधारण सभामा जानकारी, सञ्चालक समिति सदस्यहरुको सेवा सुविधा , कम्पनीबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij