२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । तराईका अधिकांश स्थान तथा उपत्यकाहरूमा हुस्सुरकुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो पनि तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ। साथै सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात साथै कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
यसैगरी राति पनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। अनि तराई भूभागका केही स्थानमा हुस्सु रहने मौसम महाशाखाले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij