Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढ्यो

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढ्यो


  • 1.5K
    Shares

    बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म निक्षेप २ खर्ब २२ अर्ब ३८ करोडले बढेको छ।

    सार्वजनिक तथ्यांकअनुसार ३.१ प्रतिशतले बढेसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेप ७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको छ। 

    वार्षिक विन्दुगत आधारमा कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.४ प्रतिशतले बढेको छ । ०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.० प्रतिशत, ३९.२ प्रतिशत र ४५.६ प्रतिशत रहेको छ।

    २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ। २०८१ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३५.८ प्रतिशत रहेको थियो।

     

    images
    प्रकाशित मिति :पौष १८ २०८२ शुक्रवार - १३:११:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij