Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

दलहरूलाई बन्दसूची संशोधन गर्न ७ दिनको समय

दलहरूलाई बन्दसूची संशोधन गर्न ७ दिनको समय


  • 778
    Shares

    दलहरूलाई बन्दसूची संशोधन गर्न  ७ दिनको समय

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्ने समय पुस २१ देखि २७ गतेसम्म तोकेको छ । 

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सात दिनको समयमा नाम फिर्ता लिन चाहने उम्मेदवारले बन्दसूचीबाट फिर्ता लिन निवेदन दिन सक्नेछ । उम्मेदवारहरूको बन्दसूची छानबिन गरी सच्याउनका लागि आयोगले पुस १५ गते आयोगले दलहरूलाई सूचित गरेको थियो ।

    नाम फिर्ता लिनका पुस २८ गते निवेदन दिनुपर्नेछ । पुस २९ गते बन्दसूचीबाट नाम फिर्ता लिएको जानकारी आयोगले सम्बन्धित दलहरूलाई जानकारी गराउनेछ । कात्तिक ३० गते फिर्ता गरेका नाममा सोही समूहका अर्का उम्मेदवारलाई मनोनीत गरी नामावली आयोगमा पेस गर्ने समय दिएको छ ।

     

     

    प्रकाशित मिति :पौष १८ २०८२ शुक्रवार - १२:२५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij