Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

सफारी चालकमाथि गोली चलाउने एपीएफका हवल्दार पक्राउ

सफारी चालकमाथि गोली चलाउने एपीएफका हवल्दार पक्राउ


  • 1.2K
    Shares

    सफारी चालकमाथि गोली चलाउने एपीएफका हवल्दार पक्राउ

    काठमार्डौ । सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने एपीएफका हवल्दारलाई पक्राउ गरिएको छ ।

    उक्त घटना छानबिनका लागि हिजै सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपाने संयोजक, डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत रहेको समिति बनेको थियो ।

    भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्रले गोली चलाएको थियो । उनको तत्कालै मृत्यु भएको थियो । गोली हान्ने हवल्दारलाई हिजै नियन्त्रणमा लिएर अनुसन्धान थालेको सुनसरी प्रहरी प्रवक्तासमेत रहेका डीएसपी खड्काले बताए ।

    घटनापछि हिजै लौकहीस्थित सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सबैलाई फिर्ता बोलाइएको छ । सुनसरीका सीडीओ वासुदेव घिमिरे छानबिन समितिलाई ७ दिनको म्याद दिएको र प्रतिवेदन आएपछि थप कदम चाल्ने बताउँछन् ।

    प्रकाशित मिति :पौष १८ २०८२ शुक्रवार - १२:०४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij