Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सिन्धु विकास बैंकमा सीईओ माग, शैक्षिक योग्यता कति ?

सिन्धु विकास बैंकमा सीईओ माग, शैक्षिक योग्यता कति ?


  • 827
    Shares

    सिन्धु विकास बैंकमा सीईओ माग, शैक्षिक योग्यता कति ?

    काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ। बैंकको व्यवस्थापनले रिक्त पदपूर्तिका लागि सीईओ पदमा दरखास्त आह्वान गर्दै आज एक सूचना जारी गरेको हो।

    बैंकले व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका व्यक्तिले आवेदन दिनसक्ने बताएको छ।

    त्यस्तै, चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्न अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्ष काम गरेको हुनुपर्ने पनि बताएको छ।

    उमेर ४० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनु पर्ने बैंकले जनाएको छ। परीक्षा अन्तर्वार्ता तथा व्यवसायिक प्रस्तावको प्रस्तुतीकरण हुनेछ। योग्य तथा इच्छुक व्यक्तिले अबको १५ दिनभित्र आवश्यक कागजातसहित बैंकको इमेल ठेगाना मार्फत दरखास्त आवेदन दिनुपर्नेछ।

     

     

    प्रकाशित मिति :पौष १८ २०८२ शुक्रवार - ११:४१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij