२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न पठाएको छ ।
शान्तिपूर्ण प्रदर्शनमा किशोरहरूको ज्यान जानेगरी भएको घटनाबारे जाँचबुझ गरिरहेको आयोगले उनीहरूलाई बयानकै शैलीमा प्रश्न पठाएको आयोगका एकजना पदाधिकारीले बताएका छन् ।
न्यायाधिश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउँदै पत्र लेख्ने तयारी गरिरहेको छ । शुक्रवार साँझसम्म ओलीलाई बयानमा उपस्थित हुन पत्राचार गरिने आयोगका एकजना पदाधिकारीले बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यका छाड्न नपाउने र विदेश भ्रमणमा रोक लगाउने निर्णय कायमै छ । आयोगले अहिलेसम्म १५० जना भन्दा धेरैसँग बयान लिएको छ ।
जाँचबुझ आयोगले प्रधान सेनापति अशोकराज सिग्देल, सशस्त्रका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीसँग बयान लिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij