Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै


  • 841
    Shares

    कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएका छन् । 

    बैठकमा महाधिवेशन विवादबारे छलफल हुने नेताहरूले बताएका छन् । बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर नियमित महाधिवेशन स्थगित गरेका थिए । उनीहरूले अबको विकल्प विशेष महाधिवेशन भएको बताएका छन् । 

    महामन्त्रीद्वयले नियमित महाधिवेशन हुन नसकेको अवस्थामा पार्टी विधानको दफा १७ ९२० बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको बताएका छन् ।

    कांग्रेसमा विशेष महाधिवेशन माग्दै गत असोज २९ गते २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएका थिए ।

     

    प्रकाशित मिति :पौष १८ २०८२ शुक्रवार - १०:२७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij