Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस, आज कहाँ कहाँ पर्छ पानी ?

काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस, आज कहाँ कहाँ पर्छ पानी ?


  • 1.2K
    Shares

    काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस, आज कहाँ कहाँ पर्छ पानी ?

    काठमाडौं । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । तराईमा हुस्सु र कुहिरो लागेको छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा साधारण बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

    कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । तराई भूभागका धेरै स्थानमा बिहानीपख हुस्सु र कुहिरो रहेको छ । 

    यसैबीच, आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको विभागले जनाएको छ । 

    “तराई भूभागमा हुस्सु र कुहिरो लागेको छ । तर, घाम लागेसँगै हट्ने क्रममा छ,” विभागले भनेका छ । 

    विभागले राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ ।

    प्रकाशित मिति :पौष १८ २०८२ शुक्रवार - ०७:५३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij