Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला

सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला


  • 1.1K
    Shares

    सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला

    काठमाडौं । । सुर्खतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४, को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् ।

    आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखेका थिए । लगत्तै प्रहरीलाई खबर गरेपछि अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी त्यहाँ पुगेको छ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्याम प्रकाश यादवले घटनाबारे अनुसन्धान भइरहेको बताए । हामी भर्खर पुगेर अनुसन्धान गर्दै छौँ, उनले भने, पहिचान पनि खुलेको छैन।

    उनीहरूको शव एकसाथ भने छैन । केही मिटर दुरीको फरकमा देखिएकोले घटना निकै शंकास्पद रहेको छ। सहिद पार्क सुर्खेतको प्रमुख पर्यटकीय स्थल हो ‌।

    प्रकाशित मिति :पौष १६ २०८२ बुधवार - १०:५६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij