Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन, बुलेट हटाउन ६ वटा क्रेन प्रयोग

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन, बुलेट हटाउन ६ वटा क्रेन प्रयोग


  • 1.1K
    Shares

    अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन, बुलेट हटाउन ६ वटा क्रेन प्रयोग

    काठमाडौं । मङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग बुधबार बिहानदेखि सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका-४ लमाह पुल नजिक ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो । 

    बाटोबाट बुलेट हटाउन छवटा क्रेन प्रयोग गरिएको थियो । यसअघि साना सवारीसाधन चन्द्रनिगाहपुर-गौर वैकल्पिक बाटो प्रयोग गरेका थिए ।

     

     

    प्रकाशित मिति :पौष १६ २०८२ बुधवार - १०:१२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij