Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

शुरु भयो काँग्रेस पदाधिकारी बैंठक, सरकारविरुद्ध देशव्यापी आन्दोलनको तयारी

शुरु भयो काँग्रेस पदाधिकारी बैंठक, सरकारविरुद्ध देशव्यापी आन्दोलनको तयारी


  • 8.3K
    Shares

    शुरु भयो काँग्रेस  पदाधिकारी  बैंठक, सरकारविरुद्ध देशव्यापी आन्दोलनको तयारी

    काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासम शुरु भएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पदाधिकारीहरु सहभागी छन् ।

    आजको बैठकमा काँग्रेसले सरकारको कार्यशैलीविरुद्ध लिने रणनीतिबारे छलफल हुने बुझिएको छ । सभापति देउवा ओली सरकारप्रति नरम बनेको भन्दै आलोचना भइरहँदा बुधबार तनहुँमा पुल उद्घाटन गर्न रोकेर प्रहरीले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको घटनाले काँग्रेस नेतृत्वमाथि दबाब बढेको छ ।

    देशव्यापी आन्दोलन गरी सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्ने दबाबसँगै आजको बैठकले यसको तयारी गर्ने बुझिएको छ ।

    बुल्दीखोला पुल उद्घाटनमा पुगेका पौडेललाई प्रशासनको निर्देशनमा नियन्त्रणमा लिइएपछि देशव्यापी रुपमा काँग्रेस कार्यकर्ता आन्दोलित भएका छन् ।

    प्रकाशित मिति :मंसिर १९ २०७७ शुक्रवार - १५:४२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij