Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सानिमा रिलायन्स लाइफद्वारा इलामका पहिरो प्रभावितलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफद्वारा इलामका पहिरो प्रभावितलाई आर्थिक सहयोग


  • 1.3K
    Shares

    सानिमा रिलायन्स लाइफद्वारा इलामका पहिरो प्रभावितलाई आर्थिक सहयोग

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम नगरपालिकाको पहिरो प्रभावितलाई १ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख कर्मराज पौडेलको उपस्थितिमा इलाम नगरपालिकाका मेयर केदार थापालाई हस्तान्तरण गरिएको हो।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्ने योजना रहेको जनाएको छ।

    कार्यक्रममा इलाम नगरपालिकाका प्रवक्ता तथा वडा नं.४ का अध्यक्ष नुतनदेव दुलाल, सानिमा रिलायन्स लाईफ इलाम शाखा प्रबन्धक मदन घिमिरे, एजेन्सी म्यानेजरहरू प्रकाश भट्टराई, डिकेन्द्र दाहाल, खेमराज ढकाल, खिन माया बस्नेत, सितामाया थेगिम तथा अग्रज व्यक्तित्व रोशन कर्माचार्यलगायत कम्पनीका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    यस्ता प्रयासहरू मार्फत कम्पनीले नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई समेत समान रूपमा अघि बढाउने विश्वास लिएको छ। साथै, भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउँदै लैजाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - १५:३६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij