Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

चुनावमा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने, कुन क्षेत्रमा कति?

चुनावमा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने, कुन क्षेत्रमा कति?


  • 1.2K
    Shares

    • images
    चुनावमा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने, कुन क्षेत्रमा कति?

    काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकिएको छ। 

    निर्वाचन आयोगले निर्वाचन क्षेत्रअनुसार, खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ। आयोगले देशभरका सबै निर्वाचन क्षेत्रलाई पाँच समूहमा बाँडेर २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको हो। 

    आयोगले समूह ‘क’मा रहेका पाँच क्षेत्रमा उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउनेछन्। यसमा काठमाडौं-१, काठमाडौं-३, काठमाडौं-६, काठमाडौं-७ र काठमाडौं-८ रहेका छन्। 

    त्यस्तै, समूह ‘ख’मा रहेका १७ निर्वाचन क्षेत्रमा बढीमा २७ लाख रुपैयाँ खर्च गर्न सकिनेछ। समूह ‘ग’मा राखिएका ५४ निर्वाचन क्षेत्रमा २९ लाख रुपैयाँ खर्चको सीमा तोकेको छ। 

    यसैगरी, समूह ‘घ’मा ४८ निर्वाचन क्षेत्रलाई राखेको छ। यो समूहमा रहेका निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। 

    आयोगले दुर्गमका २६ निर्वाचन क्षेत्रलाई समूह ‘ङ’मा राखेको छ। यी क्षेत्रमा उम्मेदवारले बढीमा ३३ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्। 

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - १४:३५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij