२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ। निर्वाचन आयोगले सुगम जिल्लाको हकमा र दुर्गम जिल्लाको हकमा फरक फरक खर्च सीमा निर्धारण गरेको हो।
आयोगका अनुसार काठमाडौंका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रूपैयाँ खर्च गर्न पाउनेछन् भने १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २७ लाख रूपैयाँ बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ।
६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँ बराबर खर्च गर्न पाउनेछन्। आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३१ लाख रुपैयाँ, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम ३३ लाख रुपैयाँ बराबरको खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।
उनका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ। र्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ। उम्मेदवारले तोकेको खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij