Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

रौतहटमा ग्यास बुलेट दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ग्यास लिक भइरहेकाले झिकाइयो दमकल

रौतहटमा ग्यास बुलेट दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ग्यास लिक भइरहेकाले झिकाइयो दमकल


  • 876
    Shares

    रौतहटमा ग्यास बुलेट दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, ग्यास लिक भइरहेकाले  झिकाइयो दमकल

    काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर सडकखण्डमा ग्यास बुलेट दुर्घटना हुदाँ सवारी साधन सन्चालनमा रोक लगाइएको छ । मंगलबार बिहान ७ बजेर ५० मिनेट जाँदा पूर्वबाट युपी १७ ए २१४ नम्बरको एलपी ग्यास बुलेट दुर्घटनामा परेको हो । 

    बुलेट सडकमै तेर्सो परेको छ भने चालक सामान्य घाइते भएका छन् । ग्यास लिक भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन पूर्णरूपमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

    ग्यास लिक भइरहेकाले आगलागी हुन सक्ने भएकाले दमकल र बुलेटलाई उठाउन क्रेन झिकाइएको छ ।स्थिति पूर्णरूपमा सामान्य नभएसम्म राजमार्ग नखुल्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रूपा लाबुङले बताएका छन् ।

    प्रकाशित मिति :पौष १५ २०८२ मंगलवार - १२:२८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij