Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

एकता हुन नसकेपछि समानुपातिकको सूची बनाउने गृहकार्यमा जुट्यो उज्यालो नेपाल पार्टी

एकता हुन नसकेपछि समानुपातिकको सूची बनाउने गृहकार्यमा जुट्यो उज्यालो नेपाल पार्टी


  • 1.3K
    Shares

    एकता हुन नसकेपछि समानुपातिकको सूची बनाउने गृहकार्यमा जुट्यो उज्यालो नेपाल पार्टी

    काठमाडौं । उज्यालो नेपाल पार्टीको अन्य दलसँग एकता प्रयास सफल हुन नसकेपछि समानुपातिकतर्फको उम्मेदवार सूची तय गर्ने कार्यमा लागेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौका मेयर बालेन शाह पक्ष, प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतसँग एकताका लागि उनेपाले संवाद गरेको थियो । पदीय बाँडफाँटमा सहमति जुट्न नसकेपछि उनेपाले समानुपातिकको सूचीलाई अन्तिम रुपम दिन लागेको हो ।  

    उज्यालो नेपालले रास्वपासँग एकता गर्न उपसभापतिसहित पार्टीमा समग्र ३० प्रतिशत भागबन्डा हुनुपर्ने माग गरेको थियो । तर रास्वपाले उज्यालो पार्टीलाई १५ प्रतिशत भन्दा बढी दिन नसक्ने अडान राखेसँगै वार्ता निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ ।

    यसैबिच रास्वपासँग पार्टी एकता नहुने अवस्था भएपछि उज्यालो नेपाल पार्टीले  समानुपातिकतर्फको बन्द सूचीको तयारी अन्तिम चरणमा पुर्‍याएको जानकारी दिएको छ । साँझ ६ बजेसम्मको समयसीमाभित्र सबै प्रक्रिया टुङ्गाएर आयोगमा सूची बुझाउने तयारी उक्त पार्टीले गरेको छ ।  

    प्रकाशित मिति :पौष १४ २०८२ सोमवार - १४:३५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij