Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

उज्यालो नेपाल पार्टीले समानुपातिकको छुट्टै बन्दसूची बुझाउने

उज्यालो नेपाल पार्टीले समानुपातिकको छुट्टै बन्दसूची बुझाउने


  • 932
    Shares

    उज्यालो नेपाल पार्टीले समानुपातिकको छुट्टै बन्दसूची बुझाउने

    काठमाडौं । उज्यालो नेपाल पार्टीले समानुपातिकको छुट्टै बन्दसूची बुझाउने तयारी थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको विषयमा वार्ता भइरहे पनि उज्यालो नेपाल पार्टीले छुट्टै बन्द सूची बुझाउने तयारी थालेको हो ।

    आइतबार बेलुका रातिसम्म रास्वपाका सभापति रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबिच एकताबारे छलफल भए पनि वाता निष्कर्षविहीन भएको थियो । 

    एकताबारे थप छलफल गर्ने भनिए पनि आज समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन भएकाले छुट्टै सूची बुझाउने तयारीमा पार्टी लागेको उज्यालो नेपालका केन्द्रीय सदस्य जीतराम लामाले जानकारी दिएका छन् ।

    लामाले पार्टीले आज समानुपातिकको सूची बुझाउने तयारी गरिरहेको बताएका छन् । लामाले भने  ‘दुई पार्टीबिच वार्ता जारी रहन्छ तर उज्यालो नेपालले छुट्टै समानुपातिक बन्द सूची बुझाउने गरी अन्तिम तयारी गरिरहेको छ’। 

     

    प्रकाशित मिति :पौष १४ २०८२ सोमवार - ११:२१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij