Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

एम्बुलेन्सबाट गाँजा ओसारपसार, प्रहरीले चलायो गोली, दुई जना पक्राउ

एम्बुलेन्सबाट गाँजा ओसारपसार, प्रहरीले चलायो गोली, दुई जना पक्राउ


  • 1.1K
    Shares

    एम्बुलेन्सबाट गाँजा ओसारपसार, प्रहरीले चलायो गोली, दुई जना पक्राउ

    काठमाडौं । गाँजा कारोबारीलाई नियन्त्रणमा लिन मोरङ प्रहरीले आइतबार राति गोली चलाएको छ ।

    आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका-५ लाफा टोलमा प्रहरीले हवाई फायर गरी एम्बुलेन्समा लोड गरिएको गाँजा नियन्त्रणमा लिएको हो । प्रहरीले दुई जनालाई पनि पक्राउ गरेको छ ।

    आइतबार राति धनकुटाबाट मोरङतर्फ आउँदै गरेको प्रदेश १-०६-००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले केराबारी-५ लाफा टोलमा रोक्न खोजेको थियो । प्रहरीलाई देख्नासाथ एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका-६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समा सवार साँगुरीगढी गाउँपालिका-२ का २० वर्षीय खगेन्द्र लिम्बू भागेका थिए ।

    मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार एम्बुलेन्समा सवार दुवै पक्राउ परेका छन् । एम्बुलेन्समा लोड गरिएको ४८० किलो हाराहारी गाँजा पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :पौष १४ २०८२ सोमवार - ११:१४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij