Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति

रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति


  • 1.7K
    Shares

    रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति

    जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनिष सुमनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको सम्झौता स्वभाविक भएपनि संघीयता र धर्मनिरपेक्षता जस्ता आधारभुत विषयहरू नसमेटिएको भन्दै आशंका व्यक्त गर्नुभएको छ ।

    आईतवार जनकपुरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता सुमनले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले जेन–जी आन्दोलनका माग र यथास्थितिबाट देश परिवर्तन गर्नुपर्ने आम जनताको चाहनाअनुसार दुई शक्तिबीचको सम्झौता स्वभाविक भएको पनि बताउनु भयो । उहाँले रास्वपा सभापति रवि लामिछाने र महानगर प्रमुख शाहले सम्झौतामा संघीयता र धर्म निरपेक्षताको विषय लेख्न लजाएको आरोप पनि लगाउनु भयो । बालेनजस्तो चर्चित व्यक्तित्व रास्वपाको कार्यकर्ता बन्न तयार हुनु रास्वपाका लागि सौभाग्यको विषय भएपनि रास्वपाको नीतिगत ठिक नभएको उहाँको तर्क छ । उहाँले रास्वपा संघीयता विरोधी गतिविधिमा संलग्न रहेको कारण थप आशंका उत्पन्न गरेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘यो स्वभाविक जस्तै लाग्यो । जेनजी आन्दोलनका मागअनुसार यथास्थितिबाट देश फेरिनुपर्छ भन्ने आम जनताको मागअनुसार नै उहाँहरुबीच भएको सम्झौता स्वभाविक नै लाग्यो । तर सम्झौता गर्दा उहाँहरु संघीयतालाई बिर्सनुभयो । धर्मनिरपेक्षतालाई पनि बिर्सनुभयो । सम्झौतामा ती कुराहरु लेख्न लजाउनुभयो कि भन्ने जस्तो लाग्यो । यो दीगो रहोस् । नेपालमा यस्ता सम्झौताहरु धेरै हुन्छन् तर दिगो रहन्नन् । बालेनजीजस्तो चर्चित व्यक्ति रास्वपाको कार्यकर्ता बन्न तयार हुनु रास्वापाको लागि सौभाग्यको कुरो हो । तर रास्वपाले धर्म निरपेक्षता र प्रदेश सभा निर्वाचनमा समेत सहभागि हुने गरेको छैन । अर्थात संघीयताको विरुद्धमा जाने गरेको छ । यसले हामी सबै संशकित भएका छौँ । निर्वाचन नै नभएको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार फलनोलाई बनायौँ भन्ने उनीहरुको कार्य हाँस्यास्पद जस्तो लाग्यो ।’

    निर्वाचन नै नभएको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कार्य हाँस्यास्पद भएको उहाँको टिप्पणी छ । 

    प्रकाशित मिति :पौष १३ २०८२ आइतवार - १४:४०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij