२०८२ माघ ८ गते बिहिवार
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सुध्रिनसके नेपाली काँग्रेसले कसैको वैशाखी टेक्न जरुरी नरहेको बताउनुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस सुध्रिन नसके चारैतिर चुनौति नै चुनौति रहेको टिप्पणी गर्नुभयो । उहाँले सुध्रिएर जनतामाझ जानसके तल्लोेस्तरसम्म संगठन भएको काँग्रेसलाई कसैको वैशाखी टेक्न जरुरी नरहेको बताउनु भयो । काँग्रेस आफैँ लोकतन्त्रको संरक्षक, संवाहक भएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी सुध्रिएनौँ भने त चारैतिर चुनौति नै चुनौति छ । हामी सुध्रियौँ भने गाउँगाउँसम्म संगठन छ, इतिहासमा गरेका योगदान, विकासका कुराहरुलाई अब सुधार गर्छौं भनेर जाँदा जुनसुकै शक्ति आएपनि काँग्रेसले कसैको वैशाखी टेकेर हिँड्नुपर्दैन । काँग्रेस आफैँ लोकतन्त्रको संरक्षक, संवाहक हो ।’
काँग्रेस नेता रामनाथ अधिकारीले पुस महिनाभित्र केन्द्रिय महाधिवेशन गरिसक्नुपर्ने भएपनि केही समय सर्नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले क्रियाशिल सदस्यता टुंग्याएर छिटो महाधिवेशन गर्नुपर्ने बताउनु भयो । छिटो महाधिवेशन गर्न आफ्नो जोडबल रहने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पुस महिनाभित्र केन्द्रिय महाधिवेशन गरिसक्नुपर्ने हो । क्रियाशिल सदस्यताका कारण केही समय हेरफेर हुँदैछ भन्ने बुझिएको छ । क्रियाशिल सदस्यहरु दुई दिनभित्रमा सम्पन्न गरेर जिल्लामा पठाए वडा तहबाट महाधिवेशन सम्पन्न हुनेछ । त्यसमा मेरो जोडबल रहन्छ । बदलिँदो परिस्थितिमा बदलिँदो ढंगबाट हामी अघि बढ्नुपर्छ । मेरो पार्टीले पनि त्यो किसिमको निर्णय लेला भन्ने विश्वास छ ।’
नेता अधिकारीले आगामी निर्वाचन नलड्ने घोषणा गरे पनि पार्टी राजनीतिमा आफू सक्रिय रहने बताउनु भयो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij