२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । काठमाडौं महानगरभित्रका विद्यालयहरूले जेठ २० गतेसम्म वार्षिक परीक्षा लिइसक्नुपर्ने भएको छ। महानगरपालिकाले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा जेठ २० भित्रै लिएर जेठ मसान्तमै नतिजा सार्वजनिक गर्न निर्देशन दिएको हो।
परीक्षा अनलाइन, अफलाइन, टेलिफोन वा इमेलबाट प्रश्न पठाएर लिने सकिने बताइएको छ। विद्यालय अनुकूल हुने गरी परीक्षा जेठ २० भित्र सकेर जेठभित्रै नतिजा सार्वजनकि गर्न भनिएको छ।
महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार सूचना जारी गर्दै असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न भनेका छन्।
यसैगरी कक्षा ८ को नगरस्तरीय परीक्षाका विषयमा भने यथाशीघ्र सूचना गरिने बताइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij