२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । कोरोना भाइरस फैलिन सक्ने भन्दै नेपालमा गरिएको लकडाउनका कारण लामो समय रोकिएको फिल्म ‘परदेशी २’ को छायांकन यतिबेला धमाधम भइरहेको छ ।
दिलिप रायमाझी, प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी लगायतका कलाकारको शीर्ष भूमिका रहने यो फिल्मको एक दिनको छायांकन चितवनमा गरेर निर्माण टिम काठमाडौं फर्किएको छ ।
यसअघि फिल्मको छायांकन पाल्पाका विभिन्न स्थानमा गरिएको थियो । केकी अधिकारी, प्रकाश सपूत, दिलिप रायमाझी लगायत कलाकार पाल्पा पुगेका थिए । फिल्मको छायांकनका लागि वर्षा अमेरिकाबाट नेपाल आएकी छिन् । दशैं लगत्तै उनी अमेरिका उडेकी थिइन् ।
नारायण रायमाझीले निर्देशन गर्ने यो फिल्ममा सामाजिक विषयवस्तु समेटिनेछ । अब फिल्मको गीत छायांकन गर्ने निर्माण टिमले योजना बनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij