Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

सबै क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन संयोजक प्रचण्डको अपिल

सबै क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन संयोजक प्रचण्डको अपिल


  • 1.1K
    Shares

    • images
    सबै क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन संयोजक प्रचण्डको अपिल

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गरेका छन्।

    माओत्सेतुङको १३३ औं जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले माओले देखाएको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण तथा जनताको वास्तविक लोकतन्त्र स्थापना गर्ने बाटोमा अग्रसर हुन अनुरोध गरेका हुन्।

    'आज विश्व साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण सामाजिक असमानता गहिरिँदै गएको छ, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप बढिरहेको छ र जनताको जीवन दिनानुदिन संकटग्रस्त बन्दै गएको छ। यही परिस्थितिमा अध्यक्ष माओका विचार, उहाँले गर्नुभएको संघर्ष, सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण र जनताको स्वामित्वमा आधारित लोकतन्त्रको अवधारणा आज पनि उत्तिकै सान्दर्भिक छन्,' सन्देशमा उनले भनेका छन्।

    माओले देखाउनुभएको बाटो केवल इतिहासको मात्र नभई राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, उत्पीडित वर्गलाई मुक्त गर्ने, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने तथा जनताको वास्तविक लोकतन्त्र स्थापना गर्ने आजको व्यावहारिक मार्गदर्शन समेत रहेको उनले बताएका छन्।

    'हामीले सामन्तवाद अन्त्यको वैचारिक र व्यवहारिक सङ्घर्षको एक चरण पूरा गरिसकेका छौँ। यस प्रक्रियाले हाम्रो वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र क्रान्तिकारी प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ। यस परिस्थितिमा मार्क्सदेखि लेनिन, माओ हुँदै नेपाली क्रान्तिकारी अनुभवसम्मका सबै योगदानलाई संश्लेषण गर्दै ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै समाजवादी क्रान्तिको बाटोमा दृढताका साथ अगाडि बढ्नु कम्युनिष्ट क्रान्तिकारीहरूको कार्यभार बनेको छ,' उनले भनेका छन्।

    'त्यसकारण माओ दिवसको अवसरमा म सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपील गर्दछु,' संयोजक प्रचण्डले भनेका छन्।a

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - ११:३२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij