Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम, आज कति ?

झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम, आज कति ?


  • 1.4K
    Shares

    • images
    झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम, आज कति ?

    काठमाडौँ । सुरुवाती मापनमा आजशुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजोको भन्दा २।१ डिग्री सेल्सियस घटेको छ।

    मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५।४ डिग्री सेल्सियस देखिएको हो। हिजो यो बेला उपत्यकाको न्यूनतम तापक्रम ७।५ डिग्री सेल्सियस थियो। 

    बिहीबार दोस्रोपटक बिहान ८:४५ बजे मापन गर्दा पनि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७।५ डिग्री सेल्सियस नै कायम भएको थियो।

    आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८:४५ बजे पुनस् मापन गरिन्छ। त्यतिबेला न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ, कहिलेकाहीँ भने बिहान ५:४५ बजेकै कायम रहन पनि सक्छ।

    मौसमविद्का अनुसार रातभर आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ, आकाश सफा रह्यो भने घट्छ। न्यूनतम तापक्रम घट्नुको अर्थ बिहान चिसो बढ्नु हो।

    मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम बिहान ८:४५ बजे र अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

    सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम हुन्छ। 

    tap-9-10_p17y7AXmuG.jpg

     स्रोत स् मौसम पूर्वानुमान महाशाखा

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - ०८:२०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij