Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

कोकिन तस्करी गर्ने एक थाइ नागरिक पक्राउ, पेटबाट निकालियो २९ वटा क्याप्सुल

कोकिन तस्करी गर्ने एक थाइ नागरिक पक्राउ, पेटबाट निकालियो २९ वटा क्याप्सुल


  • 1.0K
    Shares

    कोकिन तस्करी गर्ने एक थाइ नागरिक पक्राउ, पेटबाट निकालियो २९ वटा क्याप्सुल

    काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र लुकाएर कोकिन तस्करी गर्ने एक थाइ नागरिकलाई पक्राउ गरेको छ। लाओसबाट बैंककबाट काठमाडौं आएकी ती महिलाको पेटबाट प्रहरीले २९ वटा कोकिनका क्याप्सुल निकालेको हो। पक्राउ पर्नेमा थाइल्याण्डकी नागरिक ४४ वर्षीया रुसानी कामा रहेकी छिन्।

    प्रारम्भिक खानतलासीका क्रममा उनको साथमा रहेको झोलाभित्र फल्स बटम बनाएर लुकाइएको अवस्थामा खैरो रंको टेपले बेरिएको १२ वटा क्याप्सुल फेला परेको थियो।

    उनको साथबाट कोकिन बरामद भएपछि प्रहरीले पेटभित्र पनि लागूऔषध निलेर ल्याएको हुनसक्ने आशंका गरेको थियो। 

    अस्पतालमा सिटी स्क्यान गर्दा उनको पेटमा शंकास्पद वस्तु देखिएको थियो। त्यसपछि अस्पतालमा उनको पेटबाट थप २९ वटा क्याप्सुल निकालिएको ब्युरोले जनाएको छ।

    प्रहरीले निजको साथबाट बरामद गरेको १२ वटा र पेटबाट निकालिएको २९ वटा गरी जम्मा ४१ वटा क्याप्सुल बरामद गरेको छ। बरामद गरिएको कोकिनको कुल तौल ५५० ग्राम रहेको प्रहरीले पुष्टि गरेको छ। 

     

    प्रकाशित मिति :पौष १० २०८२ बिहिवार - ११:३२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij