Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

दुई महिनापछि धकेलिएको नयाँ शैक्षिक सत्र तोकिएको मिति फेरि सर्न सक्ने

दुई महिनापछि धकेलिएको नयाँ शैक्षिक सत्र तोकिएको मिति फेरि सर्न सक्ने


  • 6.7K
    Shares

    दुई महिनापछि धकेलिएको नयाँ शैक्षिक सत्र तोकिएको मिति फेरि सर्न सक्ने

    काठमाण्डौ । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिक सत्र त्यहीँ मितिमा पनि हुनुरनहुनेमा अलमल बढेको छ ।

    गएको वर्ष कोरोना महामारीका कारण चालु शैक्षिक सत्र २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिक सत्र २०७८ सञ्चालन गर्ने निर्णय गरिएको थियो । तर अब यो मितिमा पनि नयाँ शैक्षिक सत्र सुरु गर्ने र नगर्नेबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल गरिरहेको छ ।

    नेपालमा अहिलेसम्म कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार हजार आठ सय ५६ पुगेको छ भने देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार सात सय ४० छ । कोरोनाको दोस्रो लहरले बालबालिकालाई झन् बढी जोखिम हुने भएकाले निषेधाज्ञा लगाउनुअघि नै शिक्षालयहरूमा भौतिक उपस्थितिको पढाइ बन्द गराइएको छ ।

    शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ परिस्थितिबारे सरकारले निर्णय गरिनसकेको बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले अहिलेको अवस्थामा असार १ गतेदेखि नयाँ भर्ना गर्न सम्भव नभएको प्रतिक्रिया दिनुभयो । उहाँले अनलाइनलगायत वैकल्पिक माध्यमको सिकाइका लागि शिक्षक तयार रहे पनि सबै ठाउँका विद्यार्थीसँग पहुँच नभएकाले महामारीको प्रभाव कम हुँदै गएमा आउँदो भदौदेखि शैक्षिक सत्र सुरु गर्न सकिने बताउनुभयो ।

    कोरोना सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० र १२ को परीक्षा स्थगित भएका छन् । लकडाउनका कारण गएको वर्ष पनि भदौ महिनासम्म नयाँ भर्ना हुन सकेको थिएन । 

    प्रकाशित मिति :जेठ २ २०७८ आइतवार - १४:१६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij