Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

दुई महिनापछि धकेलिएको नयाँ शैक्षिक सत्र तोकिएको मिति फेरि सर्न सक्ने

दुई महिनापछि धकेलिएको नयाँ शैक्षिक सत्र तोकिएको मिति फेरि सर्न सक्ने


  • 7.1K
    Shares

    दुई महिनापछि धकेलिएको नयाँ शैक्षिक सत्र तोकिएको मिति फेरि सर्न सक्ने

    काठमाण्डौ । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिक सत्र त्यहीँ मितिमा पनि हुनुरनहुनेमा अलमल बढेको छ ।

    गएको वर्ष कोरोना महामारीका कारण चालु शैक्षिक सत्र २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिक सत्र २०७८ सञ्चालन गर्ने निर्णय गरिएको थियो । तर अब यो मितिमा पनि नयाँ शैक्षिक सत्र सुरु गर्ने र नगर्नेबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल गरिरहेको छ ।

    नेपालमा अहिलेसम्म कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार हजार आठ सय ५६ पुगेको छ भने देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार सात सय ४० छ । कोरोनाको दोस्रो लहरले बालबालिकालाई झन् बढी जोखिम हुने भएकाले निषेधाज्ञा लगाउनुअघि नै शिक्षालयहरूमा भौतिक उपस्थितिको पढाइ बन्द गराइएको छ ।

    शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ परिस्थितिबारे सरकारले निर्णय गरिनसकेको बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले अहिलेको अवस्थामा असार १ गतेदेखि नयाँ भर्ना गर्न सम्भव नभएको प्रतिक्रिया दिनुभयो । उहाँले अनलाइनलगायत वैकल्पिक माध्यमको सिकाइका लागि शिक्षक तयार रहे पनि सबै ठाउँका विद्यार्थीसँग पहुँच नभएकाले महामारीको प्रभाव कम हुँदै गएमा आउँदो भदौदेखि शैक्षिक सत्र सुरु गर्न सकिने बताउनुभयो ।

    कोरोना सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० र १२ को परीक्षा स्थगित भएका छन् । लकडाउनका कारण गएको वर्ष पनि भदौ महिनासम्म नयाँ भर्ना हुन सकेको थिएन । 

    प्रकाशित मिति :जेठ २ २०७८ आइतवार - १४:१६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij