२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै उनले राजधानीको माइतीघरमा आन्दोलन सुरु गरेको जेनजी अभियन्ता अजय सोडारीले जानकारी दिएका छन् ।
जेनजीको एक समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भनेर आन्दोलन गरिरहेको बेला भुसालले पनि आमरण अनसन थालेका छन् । मिराज ढुंगाना नेतृत्वको संयुक्त जेनजी आन्दोलनले माइतीघरमै सरकार लक्षित आन्दोलन गर्दै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij