२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले स्थापना गरेको उज्यालो नेपाल पार्टी र ई.दीपक साह अध्यक्ष रहेको सर्वोदय पार्टीबिच चुनावी एकता हुने भएको छ । आज एक कार्यक्रमको आयोजना गरी दुई पार्टीबिच चुनावी एकता हुने घोषणा गरिएको हो ।
दीपक साहले हालै सर्वोदय पार्टी गठन गरेका थिए । निर्वाचनमा भाग लिन चुनावी एकता गर्न लागिएको अध्यक्ष साहले बताएका छन् ।
‘अहिले चुनावी एकता भएर काम गर्दै गएपछि परिस्थितिले साथ दियो भने पार्टी एकता पनि हुनसक्छ तर अहिले चुनावी एकता मात्र गर्न लागिएको हो’ उनले भने ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij