२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । डा.बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले एक भारतीय टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा राखेका हुन् ।
एनडीटीभीलाई दिएको अन्तर्वार्तामा भट्टराईले जेनजी विद्रोह स्वाभाविक र जायज भएको बताएका छन् । उनले जेनजी आन्दोलन हुनुको पछाडि सामाजिक र आर्थिक कारणसमेत रहेको प्रस्ट पारेका छन् ।
जेनजी आन्दोलन हुनुको पहिलो कारण प्रस्ट्याउँदै उनले नेपालमा युवाहरू बेरोजगार रहेको, गुणस्तरीय शिक्षा नभएकाले युवा वर्ग असन्तुष्ट रहँदै आएको स्मरण गराएका छन् ।
सरकारी तहमा हुने गरेको भ्रष्टाचारलाई उनले जेनजी आन्दोलन हुनुको दोस्रो प्रमुख कारणका रूपमा चित्रण गरेका छन् ।
यसैगरी सामाजिक सञ्जालमाथि तत्कालीन सरकारले लगाएको प्रतिबन्धका कारण पनि ठुलो पंक्ति असन्तुष्ट भएर सडकमा निस्किएको भट्टराईको ठहर रहेको छ ।
भट्टराईले पुराना दलहरूबाट अब नेपालमा राजनीतिक सुधार सम्भव नभएको प्रस्ट पार्दै वैकल्पिक शक्तिका रूपमा नयाँ दलहरू गठन भइरहेको बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij