२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । गोरखामा मिनीट्रक दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । मंगलबार राति अबुवा सेरा सडक खण्डमा ग १ क २५३७ नम्बरको पानी बोक्ने मिनी ट्रक दुर्घटना भएको हो ।
दुर्घटनामा सहिद लखन गाउँपालिका १ लुदिखोलाका २१ वर्षीय कुशल विक घाइते भएका गोरखा प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ ।
उनलाई तत्कालै उद्धार गरी तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij