Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सहकारी बैंकका लागि नेपाल राष्ट्र बैंकको निर्देशन, के कस्ता छन् नयाँ व्यवस्था ?

सहकारी बैंकका लागि नेपाल राष्ट्र बैंकको निर्देशन, के कस्ता छन् नयाँ व्यवस्था ?


  • 1.1K
    Shares

    सहकारी बैंकका लागि नेपाल राष्ट्र बैंकको निर्देशन, के कस्ता छन् नयाँ व्यवस्था ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतपत्र प्राप्त ‘सहकारी बैंकका लागि निर्देशन, २०८२’ जारी गरेको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरेको हो ।

    नेपाल राष्ट्र बैंकले सहकारी बैंकको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड कायम गरेको छ । हाल बैंकको दुई अर्ब ८९ करोड १५ लाख रुपैयाँ कायम छ ।

    नयाँ व्यवस्थाअनुसार सहकारी बैंकको पुँजी साधारण शेयरले मात्र बनेको हुनु पर्नेछ । यस्तै, सहकारी बैंकले आफ्नो कुल जोखिम भारित सम्पत्तिको आधारमा प्राथमिक पुँजी ४.० प्रतिशत र कुल पुँजीकोष ८.० प्रतिशत कायम गर्नु पर्नेछ।

    राष्ट्र बैंककाअनुसार चुक्ता पुँजी (साधारण शेयर), प्रस्तावित बोनस शेयर, जगेडा कोष, सञ्चित नाफारनोक्सान, प्रयोजन नखुलाई स्वतन्त्र रुपमा खडा गरिएका स्वतन्त्र कोषमा रहेको रकम प्राथमिक पुँजीमा समावेश हुनेछ ।

    केन्द्रीय बैंले पुँजीकोषसम्बन्धी निर्देशनहरुको पालना नभएमा कारबाही गर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात भन्दा सहकारी बैंकले कायम गरेको पुँजीकोष अनुपात पच्चीस प्रतिशतसम्मले कम भएमा सम्बन्धित सहकारी बैंकको उच्च व्यवस्थापनसँग सुधारका कार्यक्रम सम्बन्धमा छलफल गरी छलफलका विषयवस्तुलाई अभिलेखको रुपमा राख्ने भएको छ । 

    बैंकले आफ्ना सदस्य ऋणी सहकारी संस्थालाई परियोजनाको सुरक्षणमा कुल परियोजना मूल्यको बढीमा ८० प्रतिशतसम्म हुने गरी किस्तावन्दीमा ऋण प्रवाह गर्ने शर्तमा प्रवाह गर्न सक्ने निर्देशनमा उल्लेख गरिएको छ । बैंकका सदस्य संस्थाको बचतको सुरक्षणमा बढीमा ९० प्रतिशतसम्म ऋण प्रवाह गर्न सक्नेछ ।

     

     

    प्रकाशित मिति :पौष ७ २०८२ सोमवार - ११:५८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij