२०८२ पौष ७ गते सोमवार
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आज (पुस ७ गते) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली आइपीओ जारी गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई साधारण शेयर निष्कासन गर्न लागेको छ। कम्पनीले ५७ हजार ७९८ कित्ता साधारण शेयर आफ्ना कर्मचारीलाई सुरक्षित गरी बाँकी ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गर्नेछ।
यो आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो आइपीओको निष्कासन बन्द छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गते बैंकिङ समयपछि हुने भएको छ।
आइपीओ लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij