२०८२ पौष ६ गते आइतवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १९.९२ अंकले घटेर २,५९५ को विन्दुमा कायम भएको छ ।
आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३४५ कम्पनीको १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५२ करोडको शेयर कारोबार भएको छ ।
होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६३ प्रतिशत घटेको छ । जीवन बीमा १.५२, विकास बैंक १.४२, फाइनान्स १.३८ प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ ०.४७, जलविद्युत् ०.८६, लगानी ०.६२, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.८०, अन्य ०.४२ र व्यापार १.०१ प्रतिशत घटेको छ ।
एसवाई प्यानलको मूल्य १० प्रतिशत बढेको छ । तेह्रथुम पावरको ८.२०, मानुषी लघुवित्तको ८.१४, लक्ष्मी लघुवित्तको ५.५७ प्रतिशत मूल्य बढेको छ । आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्तको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij