२०८२ भाद्र २ गते सोमवार
उदयपुर । उदयपुरमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक चारजना नै पुरुष हुन् । यससँगै मृतकको उदयपुरमा मृतकको संख्या ११ पुगेको छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० का ६३ वर्षीय पुरुष रहेका छन् । पाँच दिनअघि संक्रमित पुष्टि भएका ती पुरुष चौदण्डीगढी नगरपालिका–६ सातधारे बेल्टारस्थित उदयपुर कोभिड अस्पतालमा भर्ना भएका थिए । अक्सिजन दिएर उपचाररत उनको आइतबार बिहान मृत्यु भएको चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलले जानकारी दिए ।
यस्तै, चौदण्डीगढी–५ का ५६ वर्षीय पुरुषको पनि उपचारको क्रममा मोरङको विराटनगरस्थित नोबेल हस्पिटल आइतबार बिहान ५ बजे मृत्यु भएको छ । त्रियुगा–३ का ४८ वर्षीय पुरुषको पनि उपचारको क्रममा झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको छ । उनको शनिबार साँझ करिब ७ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
त्रियुगा–१२ डिएम गेटका ४५ वर्षीय पुरुषको पनि कोरोनाबाट नै मृत्यु भएको छ । उनको विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा शनिबार राति १२ बजे मृत्यु भएको हो। उनलाई श्वासप्रश्वासमा समस्या भएपछि तीन दिन अघि नोबेल हस्पिटल लगिएको थियो ।
कोरोनाको दोस्रो लहर आएपछि उदयपुरमा अहिलेसम्म ३ महिला र ८ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij