Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नेपाल बैंकको ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा

नेपाल बैंकको ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा


  • 1.1K
    Shares

    नेपाल बैंकको ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा

    काठमाडौं  । नेपाल बैंक लिमिटेडले ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ । बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी बैंकले सो “टप अप गरौं बोनस पाऔं अभियान सञ्चालन गरेको हो ।

    बैंकले सेवा प्रदायक एफवान सफ्ट इन्टरनेश्नलको सहकार्यमा ब्राण्ड प्रवर्द्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ पौष महिनाभरि लागू हुनेगरी सो अभियान सञ्चालन गरेको छ।

    सो अभियान अवधिभर २०० वा सो भन्दा माथिको रकम मोवाइल बैंकिङ एप मार्फत टपअप गर्ने ८० जनालाई १०० का दरले बोनस प्रदान गरिने र सो को घोषणा अभियान अवधि पछि गरिने बैंकले जनाएको छ । यस अभियानले बैंकको डिजिटल बैंकिङ अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ल्ने विश्वास पनि बैंकले लिएको छ ।

    करिब १० लाख ग्राहकहरुले डिजिटल प्रविधि मार्फत बैकिङ सेवा लिई लाभान्वित हुँदै आइरहेका छन् । 

    प्रकाशित मिति :पौष ४ २०८२ शुक्रवार - १३:२८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij