Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

सन नेपाल लाइफले पुस २५ गते बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

सन नेपाल लाइफले पुस २५ गते बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?


  • 1.1K
    Shares

    सन नेपाल लाइफले पुस २५ गते बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ र नवौँ वार्षिक साधारणसभा बोलाएको छ। सञ्चालक समितिको बैठकले दुई आर्थिक वर्षको साधारणसभा एकैपटक यही पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बिहान साढे १० बजेबाट सुरु हुने भएको छ।

    सभाले गत आर्थिक वर्ष२०८१\८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल २०.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) छन्।

    सभाले कम्पनीको अधिकृत पुँजी गर्ने प्रस्ताव पनि पारित गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट प्राप्त निर्देशन र सुझावअनुसार गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

    सभाले चालु आर्थिक वर्ष २०८२\८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ। लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।  

    प्रकाशित मिति :पौष ४ २०८२ शुक्रवार - ११:११:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij