Logo

२०८२ पौष ६ गते आइतवार

२०८२ पौष ६ गते आइतवार

प्राइम कमर्सियल बैंकले घाेषणा गर्‍यो लाभांश

प्राइम कमर्सियल बैंकले घाेषणा गर्‍यो लाभांश


  • 974
    Shares

    प्राइम कमर्सियल बैंकले घाेषणा गर्‍यो लाभांश
    images

    काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ।

    बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तपुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार ७१६ रुपैयाँको कुल ८.४२१ प्रतिशतले हुन आउने १ अर्ब ६३ करोड ३९ लाख १ हजार ११२.८५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

    जसमा ८ प्रतिशतले हुन आउने १ अर्ब ५५ करोड २२ लाख ६ हजार ५७.२९ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशतले हुन आउने ८ करोड १६ लाख ९५ हजार ५५.५६ रुपैयाँबराबरको नगद लाभांश छन्।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

    प्रकाशित मिति :पौष ४ २०८२ शुक्रवार - १०:५४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij