२०८२ पौष ३ गते बिहिवार
काठमाडौं । केही भूभागमा आंशिक बदलीबाहेक देशभरको मौसम आज सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij