२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । काठमाडौंस्थित राष्ट्रसंघीय मिसनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई नेपालमा तत्काल कोरोनाविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको छ ।
राष्ट्रसंघीय आवसीय प्रतिनिधि सारा ब्यास्लो न्यान्तीले नेपालमा कोरोना संक्रमण उच्च रहेको भन्दै डब्ल्यूएचओका प्रमुखलाई यस्तो आग्रह गरेकी हुन् ।
‘के विश्वले सुनिरहेको छ ?’, उनले प्रश्न गर्दै ट्वीटरमा भनेकी छिन्, ‘विश्वमै संक्रमित दर उच्च रहेको तथ्यांक आफैले पनि बोलिरहेको छ । अहिल्यै खोप नेपाल पठाउनुस् ।’
डब्ल्यूएचओले कोभ्याक्स सुविधाअन्तर्गत कम आय भएका मुलुकमा खोप आपूर्ति गर्दै आएको छ । सोही सुविधाअन्तर्गत नेपालाई १ करोड ३० लाख मात्रा खोप डब्ल्यूएचओले दिने बताएको छ ।
सो खोपको ३ लाख ४८ हजार मात्रा फागुन २३ गते नेपाल आइसकेको छ । भारतलगायतका खोप उत्पादक मुलुकमा खोप उत्पादन प्रभावित बनेपछि बाँकी खोप कहिले आउने अन्यौल भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij