२०८२ माघ ७ गते बुधवार
काठमाडौं । एनएमबि बैंकले ३० औँ वार्षिक साधारणसभा आउँदो पुस २४ गते आयोजना गर्ने निर्णय गरेको छ। गत आर्थिक वर्ष २०८१\८२ को लाभांश वितरण प्रयोजनार्थ आउँदो पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ। यसको अर्थ पुस ८ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्। जसमा ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश ९करसहित० छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij