Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

कुमारी बैंकले बोलायो साधारण सभा, के छन् प्रस्ताव ?

कुमारी बैंकले बोलायो साधारण सभा, के छन् प्रस्ताव ?


  • 953
    Shares

    कुमारी बैंकले बोलायो साधारण सभा, के छन् प्रस्ताव ?

    काठमाडौं । कुमारी बैंकले २५औं वार्षिक साधारण सभा पुस ३० गते बोलाएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुनेछ ।

    बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने भएकोछ।

    सभाले बैंकको सहायक कम्पनी कुमारी क्यापिटल र केबीएल सेक्युरिटिज लिमिटेडको गत आवको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ।

    बैंकले साधारणसभा प्रयोजनार्थका लागि पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

     

    प्रकाशित मिति :मंसिर २८ २०८२ आइतवार - ११:३२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij