२०८२ भाद्र ६ गते शुक्रवार
अफगानिस्तानमा बिस्फोट हुँदा कम्तिमा १२ जनाको ज्यान गएको छ भने दजर्नौँ घाइते भएका छन् । अफगानिस्तानको राजधानी काबुलमा रहेको मस्जिदमा बिस्फोट भएको प्रहरीले बताएको छ ।
बिहीबार मात्रै अफगान सरकार र तालिवानबीच इदका लागि भनेर तीन दिन युद्धविराम गर्ने सहमति भएको थियो । घटना बारेमा कसैले दाबी गरेको छैन ।
काबुल प्रहरीका सूचना अधिकारीका अनुसार पहिलै विष्फोटक पदार्थ मस्जिदमा राखिएको थियो । अधिकारीले घटना बारेमा छानबिन गरिसकेको पनि बताएका छन् ।
बितेको केही समयदेखि अफगानिस्तानमा हिंसा जारी भइरहेको छ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij