२०८२ माघ ७ गते बुधवार
काठमाडौं । आंशिक बदलीबाहेक आज देशभर मौसम मुख्यतया सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
राति देशभर मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij