Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

आजदेखि सालपा विकास बैंकको आइपीओ खुल्यो, क-कसले भर्न पाउने ?

आजदेखि सालपा विकास बैंकको आइपीओ खुल्यो, क-कसले भर्न पाउने ?


  • 1.4K
    Shares

    • images
    आजदेखि सालपा विकास बैंकको आइपीओ खुल्यो, क-कसले भर्न पाउने ?

    काठमाडौं । सालपा विकास बैंकले आजदेखि आइपीओ जारी गर्ने भएको छ। बैंकले पहिलो चरणमा सर्वसाधारणलाई छुट्याइएको कुल १७ लाख २३ हजार ८८० कित्ताको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका १ लाख ७२ हजार ३८८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्न लागेको हो।

    वैदेशिक रोजगारमा रहेका नेपालीले आइपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा आइपीओ निष्कासन अवधि पुस १० गतेसम्म लम्बिन सक्छ।

    यो आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो शेयरबाट समेत आवेदन दिन सकिनेछ।

    दोस्रो चरणमा बैंकले ५ प्रतिशतले हुन आउने ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५० प्रतिशतले हुन आउने २६ हजार ११९ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १४ लाख ३९ हजार ११९ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ।

     

    प्रकाशित मिति :मंसिर २५ २०८२ बिहिवार - ११:४७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij