Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एकैदिन गण्डकीमा थप २३ जना कोरोना संक्रमितको मृत्यु

एकैदिन गण्डकीमा थप २३ जना कोरोना संक्रमितको मृत्यु


  • 9.2K
    Shares

    एकैदिन गण्डकीमा थप २३ जना कोरोना संक्रमितको मृत्यु

    पोखरा । गण्डकी प्रदेशमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकीका विभिन्न जिल्लाका पोखरामा उपचाररत १९ जनाको जनाको मृत्यु भएको हो भने बाँकी ४ जनाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

    योसँगै गण्डकीमा वैशाख महिनामा मात्र १ सय ३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म गण्डकीमा मृत्यु हुनेको संख्या ३ सय ४१ पुगेको छ । पोखरा–१५ की ४५ वर्षीय महिलाको फिस्टेल अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । उनलाई २६ गते कोरोना संक्रमण देखिएर अस्पताल भर्ना गरिएको थियो ।

    वैशाख २६ गते चरक मेमोरियलमा भर्ना भएका कास्की–४ का ८२ वर्षीय संक्रमित पुरूषको बिहान मृत्यु भएको छ । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा–१३ का ६० वर्षीय संक्रमित पुरूष, पोखरा-२८ कै ४८ वर्षीया महिलाको मृत्‍यु भएको छ ।

    यस्तै गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा-३३ का ४० वर्षीय पुरुषको मृत्‍यु भएको छ भने पोखरा-१७ का ३१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा ज्यान गएको छ ।

    पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत तानसेन नगरपालिका–३ की ७७ वषीय महिला, पोखरा-२३ का ७६ वर्षीय पुरुष, पोखरा–१७ का ६३ वर्षीय पुरुष, कास्की–२५ का ४२ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

    यस्तै रुपा गाउँपालिका-१ का ६६ वर्षीय पुरुष, स्याङ्जा पुतलीबजार नगरपालिका–६ का ३३ वर्षीय पुरुष, आँधिखोला गाउँपालिका–३ स्याङजाका ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा ज्यान भएको छ ।

    यस्तै स्याङ्जा गल्याङ नगरपालिका–३ का २६ वर्षीय पुरुषको ज्यान गएको छ । बागलुङ बडिगाड गाउँपालिका–४ का ४० वर्षीय पुरुष, बागलुङ नगरपालिकाका ३९ वर्षीय पुरुष, बागलुङ–७ का ६३ वर्षीय पुरुषको धौलागिरि अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ ।

    यस्तै तनहुँ भीमाद नगरपालिका–६ का ४४ वर्षीय पुरुष, शुक्लागण्डकी–६ का ४८ वर्षीय पुरुष र म्याग्दे गाउँपालिका–३ का ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्‍यु भएको छ ।

    कोरोना संक्रमण सुरु भएयता गण्डकीमा एकै दिन यति धेरै मृत्यु भएको यो पहिलो पटक हो । यसअघि सबैभन्दा बढी १६ जनाको ज्यान गएको थियो । गण्डकी प्रदेशमा शुक्रबार ६ सय ८० संक्रमित थपिएका छन् ।

    अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमणबाट कास्की जिल्ला प्रभावित छ । गण्डकीमा कुल सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ५७ पुग्दा कास्कीमा मात्र ३ हजार ६ सय ३० छन् । कास्कीमा मृत्यु हुनेको संख्या १ सय ८५ पुगेको छ ।

    प्रकाशित मिति :बैशाख ३१ २०७८ शुक्रवार - १७:४४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij