२०८२ भाद्र २ गते सोमवार
विराटनगर । विराटनगरका दुई अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत सिराह मिर्चैयाका ७५ वर्षीय बृद्धको बिहीबार राति १२ बजे मृत्यु भएको हो ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार छातीमा समस्या र ज्वरोका कारण अस्पतालमा भर्ना गरिएका बृद्धको बिहीबार नै पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । बेलुका कोरोना पुष्टि भएपछि अस्पतालकै आइसोलेशनमा राखिएको थियो ।
त्यसैगरि, बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिकाका ५६ वर्षीय पुरुषको पनि मध्यरातमा मृत्यु भएको हो।
ती व्यक्तिमा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या आएपछि सुरुमा मंसिर १३ गते विराटनगरको विराटनगर अस्पतालमा भर्ना गरिएको थियो।
त्यहाँ गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएपछि आफन्तले उनलाई बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गराएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij