२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल अवकाश भएका छन् । ६५ वर्षे उमेरहदका कारण उनी सोमबारदेखि अख्तियारबाट विदा भएका हुन् ।
उनीले चार वर्ष १० महिना अख्तियारको आयुक्त भएर काम गरे । उच्च अदालतको न्यायाधीश रहेका सिलवाल उच्च अदालत पोखराको कामू मुख्यन्यायाधीश पदबाट राजिनामा दिएका थिए । त्यसपछि संवैधानिक परिषदले उनलाई अख्तियारको आयुक्तमा सिफारिस गरेको थियो ।
सोमबार अख्तियारमा आयोजित विदाई कार्यक्रममा प्रमुख आयुक्त प्रेमकुमार राईले सिलवाललाई विदाई गरेका छन् । उनको अवकाशपछि अख्तियारमा एक आयुक्तको पद रिक्त भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij